Subscribe Us


 

सम्झनाका तरङ्गहरु

 सर्व प्रथम त सम्झनाका तरङ्गहरुले भरिएका साथै धेरै साथीहरुको जिवनका तिता मिठा बाँढिएको यो सुन्दर माया रुपि अटो डायरी पल्टाएर हेर्ने सम्पुर्ण साथी मित्रहरुलाई मेरो दस औंला  नमस्कार छ ।



सम्झनाका तरङ्गहरु



  प्यारी बैनी लामो सम्जजना अनि मीठो एवंम न्यानो माया केवल तिमिलाई.....


बैनी तिमिले मेरो जिवनाको गोरेतोमा रुमलिएका मनमा गुम्सिएका शब्द र ब्याक्यलाई यो सुन्दर अटो डायरी मार्फत प्रस्तुत गर्नको लागि मलाई यो मायाले भरिएका अटो डायरी दिनुभएकोमा म आप्नो हृदय देखिनै तिमिलाई धन्यवाद! दिनचाहन्छु । 




प्यारी बैनी यो मानवरुपी जीवन भनेको के हो त ? यो मानवरुपी जिवनले हामीलाई कस्तो कस्तो मोडमा ल्याएर राखिदिन्छ ? भन्ने प्रस्नको बारेमा भन्नुपर्दा बैनी कोहि भन्छन् जिन्दगी कर्कलाको पातमा भएको पानी जस्तो हो त कोहि भन्छन् जिन्दगी बिहानिको शीत जस्तै हो, त्यो केही क्षणमै बिलाएर गैहल्छ । कोहि भन्छन् जिन्दगी बगैचामा फुलेको फुल जस्टै हो त्यो केही छिनमा ओइलाएर गैहाल्छ त कोहि भन्छन् जिन्दगी लगातार बगिरहने नदिको पानी जस्तै हो न कसैले रोक्न सक्छ न कसैले छेक्न नै ।


बैनी तर म भन्छु जीवन भनेको भगवानले दिनुभएको एउटा सुन्दर उपहार हो । यो मानवरुपी जिवनलाई न कसैले रोक्न सक्छ न कसैले छेक्न नै । आँधी हुरिमा पनि कहिले कतै नहराई, दु:ख कष्टमा पनि कहिले कतै नदराई जीवन आफ्नो नियम अनुसार आफ्नो गतिमा हिंडिरहेको हुन्छ । आज हामी यहाँ छौं भोली कहाँ पुग्छौं कसैलाई थाहा छैन । समय बिड्दै जान्छ, समय संग संगै जीवन पनि अनेक रुपरुपमा बड्लिंदै जान्छ । 




जीवन कहिले बालकको रुपमा खडा हुन्छ त कहिले जवानीको जोसमा खडा हुन्छ । कहिले जीवन आमा बाबुको रुपमा खडा हुन्छ त कहिले जीवन बुढेसकालको अवस्थामा खडा हुन्छ । कहिले जीवन खुशिनै खुशिको अवस्थामा खडा हुन्छ त कहिले जीवन अभाबै अभाबको अवस्थामा खडा हुन्छ । यहाँ सम्मकी जीवन मिलन बिछोडको अवस्थामा पनि खडा हुन्छ । भनिन्छ जीवन सुख दुखको संगम हो ।यो नियमलाई कसैले तुताएर तुताउन सकिदैन । त्यस्तै गरि बैनी समयको खेल संगै जीवन कहिले पाखा पखेरा गर्दै त कहिले ओकाली ओराली गर्दै, कहिले सुख दुखका पलहरु संग जुद्धै त कहिले पहाड संगै ठक्कर खाँदै त कहिले भुँइमा लोड्दै जीवन बितिरहेकोहुन्छ। यसरी मानव जीवन पाइसकेपछि यी सबै कठिनाईहरुसंग खेल्नु हाम्रो मानवरुपको कर्तव्यहो ।




प्यारी बैनी भनिन्छ मानव जीवन एउटा संघर्स पुर्ण जिवन हो । जस्ले संघर्स गर्न जानेको हुँदैन त्यो ब्यक्ति समाजमा कहिलै तिक्न सक्दैन । त्यसैले यो मानवरुपि जिवनमा हामिले संघर्स गर्न पनि सिक्नुपर्छ । हाम्रो जिवनमा जस्तो सुकै अप्ठ्यारि परिस्ठिती आएपनि सहन सिल्तासाथ आइपरेको समस्यासंग संघर्स गरेर जीवन बिताउनु पर्छ । सुख दु:ख नै हाम्रो जिवनको सहयात्री हो । त्यस कारण सु:ख भएपनि दु:ख भएपनि हामिले हाम्रो जिवनमा हाँसी हाँसी स्विकार गर्नुपर्छ । हाम्रो जिवनमा हरेक थरिका सुख दु:खका पलहरु हाम्रो आँखा अगाडी नाचि रहेका हुन्छन् । हरपल हरघडिमा सुख दु:खनै हाम्रो सहयात्रिको रुपमा उभिन्छ । त्यसैले भनिन्छ सुखमा धैरे नमात्तिने, दु:खमा धेरै नआत्तिने । बैनी जसरी भगवानले हाम्रो जिवनको सुरुवात गर्नुभयो त्यसै गरि हाम्रो सहयात्रिको लागि सुख दु:ख हाम्रो जिवनमा जोडि दिनुभयो । त्यस कारण जति सुख दु:ख आएपनि सुख दुखनै हाम्रो जिउनुको अधार हो भनेर चित्त बुझाउनु पर्छ । 




त्यसरी नै बैनी यो उपहार रुपी जीवनको सिलसिलामा उपहार जस्तैसुकै भएपनि सानो ठुलो महंगो सस्तो जस्तोसुकै भएपनि हामोले अमूल्य चिज मानेर स्विकार गर्नुपर्छ । त्यसैले जीवन पनि परमेश्वरले दिनुभएको एउता सुन्दर उपहार जस्तै हो । यो जीवन नभए आज यो संसारको अस्टित्व रहने थिएन ।यो अमूल्य उपार रुपी जिवनलाई हामिले स्विकार गर्नुपर्छ । यो जिवनलाई हामिले कहिले पनि धिक्कर्नु हुदैन । किनभने धिक्कार्यो भने आफैमा श्राप लाग्छ । जसरी कुनै पनि ब्याक्तिले दिएको उपहारलाई हामिले नतुतोस नफुतोस भनेर वास्ता फिक्रि गर्छौ त्यसरिनै परमेश्वरले दिनुभएको उपहार रुपि जिवनलाई जतन साथ सम्हालेर राख्न सक्नुपर्छ । यो हाम्रो जिवनलाई भगवानले दुई दिनको लागि पहुनाको रुपमा यो संसारमा पठाउनु भएको छ । त्यसैले यो छोटो जिवनमा हामिले अमूल्य काम गरेर देखाउनुपर्छ । 




बैनी हामी मानव भएको हुनाले धन-सम्पतिको लाभ खोज्छौं । कति पल्ट धन-समपति छैन भनेर निरास पनिहुन्छौ । तर धन-सम्पति भनेको जब सम्म हामीयस संसारमा हुन्छौं तब सम्मको लागि मात्र हामी संग हुन्छ । हामी मर्दा खेरी धन-सम्पति लिएर जान सक्दैनौ, आखिर सबै कुरा छोडेर जानुपर्छ । जसरी हामी यश संसार मा नाङ्गै आयो त्यसरी नै यस संसार बाट हामी नाङ्गै जानेछौं । मातोको थोपा थोपा बाट बनेको हाम्रो शरिर एक दिन माटोमा मिलेर जानुपर्छ । 


प्यारी बैनी अब लेखु भने कति लेखु मनका भावना त लेखेर कहिलै सकिँदैन यतिकैमा म आफ्नो कलम बन्द गर्दैछु । 


सथै यो पनि भन्न चाहन्छु कि यदि मेरो भावना लामो हुन गएमा वा कहि कतै लेखाईमा गल्टि भएमा मलाई माफ गरिदिनु ल....


अन्तमा तिम्रो यी लम्केका पाईला सफल्ताको चुचुरा चुमुन र तिम्रो हरेक योजनामा सफल्ता मिलोस भनि सुभकामना दिन चाहन्छु । 

- सन्ध्या


एक टिप्पणी भेजें

0 टिप्पणियाँ