Subscribe Us


 

कुरा २०६३ सालको || Love Story

 

कुरा २०६३ सालको || Love Story

कुरा २०६३ सालको || Love Story


कुरा २०६३ सालको

कुरा २०६३ सालको हो । जब म १० कक्षामा पढिरहेको थिए । दस पास गरि माथि अरु कक्षा पढछु कि भन्ने आसाले १० पास गरे । त्यसको साथै म २०६३ सालको एस०एल०सी० पास गरे । त्यस पछि +२ पढने इक्षा हुदा हुँदै मैले अाफ्नो पढाइ अगाडी बढाउन सकेन । किन कि म गरिब परिवारमा जन्मेको कारनले मैले +२ पढन नपाएको हुन सक्छ । हब के गर्ने एक दिन सकि नसकि बुवा संग अनुरोध गरे कि बुवा मलाई +२ पढाउन सक्नु हुन्छ ? म पनि -२ पढन जान्छु है ? तर बुवा जवाफ दिनु भयो, छोरा म तिमिलाई कसरी पढाउँ । मेरो कमाइ छैन, पैसाको कुनै  आयो स्रोत छैन ।अब म तिमीलाई पढाउन सक्दैन छोरो, बरु तिमी पढ्न चाहन्छौ भने कहि कतै काम गरेर पढ्न सक्छौ भने जाउ । अब यस भन्दा माथी पढाने मेरो हिम्मत छैन छोरा । बुवा यति मात्र भन्नु भो,  मैले के राम्रो के नराम्रो कुरा सोच्नै सकेन । कता कता सम्झेर मलाई रिस उठेको थियो । मैले त पढ्न नपाएर आजै मरुकि जस्तो लाग्थ्यो । 



मैले सोचे कस्तो जिन्दगी रहेछ मेरो । आफुले सोचेको काम पनि गर्न नसकिने मलाई धेरै रिस लाग्ने गर्थ्यो । अचानक एक दिन एउटा आफ्नै गाउँको मन्छे काम गर्नको लागि मान्छे खोजिरहेको थियो । रिसको कारणले म पनि त्यहि व्यक्ति संग सम्पर्क गरे । त्यस पछि दुई तीन दिन पछि जाने कुरा भएको रहेछ । काम गर्दा गर्दै समय बितेको थाहै हुदैनथ्यो । मैले त कहिले जाने भन्ने मात्र सोच्ने गर्थे । रिसको कारण म घर पनि छोड्ने निर्णय गरे । त्यस पछि हामीहरु घर छोडेर आफ्नो देश छोडेर जाने क्रममा म आफ्नो आमा बुवा संग जनालाई ढोग गर्दै जाँदै थिए । हामी सात जनाको ग्रुप भएर भारत जाँदैथियों । हामी काम गर्ने ठाउँ  कस्तो होला कस्तो काम होला कस्तो मानछे हिलान भन्ने अनेक प्रकारको कुरा मनमा खेलिरहेको थियो । सबै साथीहरु आ-आफ्नो मनको तिता मिठ भावना सुनाई रहेका थिए । 




कुरा गर्दा गर्दै हामी मोहना नदिको किनारमा पुगिसकेका थियो । र त्यही बेला बसमा बजिरहेको गितले मेरो मन छोयो । गितले यसरी भनिरहेको थियो- के सोचेथे जिन्दगिमा के के भयो आज.....। यो गितले मेरो सबै जिबनको सपना खोलिदिएको थियो । एका एक हुरी चल्यो, दिउँसै पर्यो रात । पढेर राम्रो काम गरौला सोचेको थिए तर सोचेको जस्तो भएन । सानै देखिको सारा सपना खतम भयो । बर्षौको पढाइ मेहनत माटोमा मिल्यो । गितले मोरो बिगतका सबै कुरा कोताली रहेको थियो । कता कता सोचेर मुटुमा आगोको ज्वाला बले जस्तो भैरहेको थियो । आँका बाट आँशुका थोपाहरु खसिरहेका थिए । मेरो मनना यहि कुरा खेलिरहेको थियो कि मेरो घारमा पैसा भएको भए! म राम्रो संग पढ्ने थिए । आफ्नै देश, आफ्नै गाउँ घरमा रमाउँथे । यसरी आमा बाबा साथीहरुलाई छोडेर प्रदेश लाग्नु पर्नेथिएन । 



सोच्दा सोच्दै भारतको चन्दन चौकी बस पार्क पुग्यो । साँझको चार बजिसकेको थियो । बस आएपछि हामी सबैजना वस्यौं, गाडी आफ्नो रफतारमा गन्तव्य तिर गई रहेको थियो । म आफ्नो गाउँ घरको याद गरिरहेको थिए, आफुले खेलोको हुर्केको ठाउँ छोड्न मन नलागीकन पनि बाध्यताले छोड्नु परेको थियो । केही बेर पछि हामी पलिया पुग्यो त्यहा देखीको यात्रा हाम्रो सुरुभयो । राती को नौ बजे गाडी आफ्नो यात्रा सुरु गर्यो र बिहान लखनौ पुगायो । लखनौ मा टिकट काटेर हामी गाडीमा बस्यो । जाँदै गर्दा बाटोमा पुलिस हुन कि के हुन हाम्रो ठाउँमा आए र बसमा भएका सबै नेपालीहरु संग पैसा माग्न लागे । हामी पैसा नदिने भनेपछि बस बाट उतार्ने ढ्म्कि दिनथाले र बन्द गरिदिने भन्नलागे । हामी पैसा नदिने सोचेका थियो तर  ती मानिसहरु हाम्रो झोला चेक गरेर भएको सबै पैसा लिएर गए । साथीहरु सबैको अनुहार कालो भएको देखे, हामी समस्यामा परिसकेका थियों । पैसा कमाउन भनी घर छोडेर हिंडेको मन्छे सुरुमै यस्तो गति भयो । म सोचे हामी के खराबी गरेका थियों र यसरी हामीहरु संग सबै पैसा खोसियो । रक्षा गर्नुको सातो लुत्नेरैछन् हाँका । मनमै यस्तै कुरा सोचिरहेको थिए सबै साथीहरु निरास मा थिए । गाडी आफ्नै गतिमा चलिरहेको थियो । 




त्यस पछि माग्ने महिलाहरुको भेस मा पुरुषहरु पैसा माग् आए । जो कि हामीहरु संग पैसा थिएन, आफुनै भिखारी जस्तै भैसकेका थियों । म सोचिरहेको थिए कस्तो देश हो जो किही नी पैसा मग्न आउने । हाँथ खुत्ता भएर पनि अरुको भरमा बाँच्ने इनिहरु कस्तो कस्तो मान्छे रहेछन् संसार मा । 


हामीहरू करिब करिब जुन कम्पनी मा काम गर्न गैरहेका थियो त्यही कम्पनी पुगिसकेका थियो । हामी सबै जना कम्पनी भित्र पस्यो । रातीको करिब आठ बजेको थियो होला । हामी खाना खाएर सुत्यौं र बिहान सबै जना काम गर्न गयौं । कहिलै यसरी काम नगरेर होला १२ घण्टा कटाउन मुस्किल पर्थ्यो । काम गर्दै जाँदा रमाईलो सजिलो लाग्न लाग्यो । गर्दै जाँदा महिना कतेको पट्तै चलेन । 


एक दिन हामी दुई जना काम गरिरहेको बेला मेरो मोबाइल मा फोन आयो । फोन उठाए घरको फोन रहेछ । बुवाले मेरो साथीलाई फोन गर्न भनेका रहेछन् । साथीले मेरो काका घर अलग भएको कुरा सुनाएर फोन राखीदिनुभो । घरको कुराले मलाई चिन्तित गरायो । काम गर्ने साथीहरुले मलाई सम्झाउने गर्थे, चिन्ता नगर एक दिन हुनुनै नै थियो राम्रो संग काम गर पछि सबै आफनो हुन्छन् । तर मनमा रहि रहन्थ्यो आखिर किन बुवा र काका अलग भएहोलान कस्तो चलन होला बनेर सोचिरहन्थे । 




समय बित्दौ गयो म फोन मार्फत घरको हालखबर लिरहन्थे । एक दिनको कुरा हो हामीलाई कामको लागि लैजाने मान्छेको परिवार कम्पनी मा आउने खवर सुने । केही दिन पछि उहाँको परिवार हामी काम गर्ने कम्पनीमा आए । कति राम्रो परिवार एउटा छोरी एउटा छोरा,  हाम्रो बिच परिचय भएको थिएन । बिस्तारै हाम्रो परिचय भयो र नाता कायम भयो । म उहाँलाई फुफु नाता लागाएर बोल्नलागे । एक दिन दुई दिन गर्दै दस महिना बितिसकेको थयो । 


एक दिनको कुरा हो । उही महिलाको छोरी संग मेरो परिचय भयो । उनी सुन्दरी थिएन हेरिरहुलाग्ने, यस्तो थिइन कि बयान गरेर पनि वर्णन गर्न नसकिने । सपना थियो उनको नाउँ, साँच्चै नै कल्पना नै गरेको थिएन यति सुन्दरी संग मेरो यसरी भेंट होला भनेर ।


एक दि संगै काम गरिरहेको बेला उनी भनिन । अमृत तपाको बिहे भैसक्यो कि कहिले गर्ने हो । मेरो मन  झसंग्ग भयो र उनको प्रस्नको जवाफ दिए नाई गरे छैन म आफ्नो खुत्तामा उभिसकेपछि मात्र बिहे गर्छु । घरमा बुहारीको खाचो भएपनि अलि ढिलै बिहे गर्ने बिचार गरेको छु । खै अब कस्तो हुन्छ । 


सपनाको र मेरो सधैं यसरी नै कुरा चलिरहन्थ्यो । हामी हरेक दिन काम गर्दै नमका कुरा गर्दै समय बिताउँथे । बिस्तारै हामी एका अर्का पर्ती आकर्षित हुन थल्यो । जिन्दगी रमाइलो लग्थ्यो समय बितेको थाहै हुदैनथ्यो । सपना मलाई मन पराएको आफ्नो मनको कुरा भन्न सकेकि थिएनिन् । तर सबै कुरा सपना आफ्नो फुफुलाई भनिसकेकि थिईन । 




एक दिन सपना कि फुफु भन्नुभयो " भाइ म तिमीलाई एउटा कुरा भन्छु मान्छौ ? मैले भने "के कुरा हो भन्नु न । यहाँले भन्नुभयो सपना तिमीलाई मन पराउछ तर मनको कुरा तिमीलाई भन्न सकिरहेको छैन । यो कुरा सपना संग आफै सोध्नु सबै कुरा बुझ्ने छौ । मौ पारी सांझ पख एक चोति मलाई भेट्नु ल सपना भनेर म भने ।  मैले भने जस्तै सपना म संग भेट गर्न रातीको आठ बजेतिर आईन । अनि म फुफुले सुनाको कुरा उनिसंग सोधे उनी भनिन हो अमृत म तिमीलाई मन पराउन थालेको छु । म सपनाको धेरै कुरा बुझ्न खोजेन किनकि सबै कुरा म बुझिसकेको थिए । म केही नसोचि उनको माया स्विकार गरिहाले । त्यही दिन देखि हामी एक आपसमा माया पिरतिका कुरा कर्नथाल्यो । सु:ख-दु:ख का मनका कुरा साता सात गर्दै समय बिताउन थाल्यो । कतै जानू परे एक अर्का लाई भनेर जाने गर्थ्यो । सपना एक दिन म संगकुरा गर्न नपाउँदा रुने गर्थिन । राम्रो माया धेरै गाढा भैसकेको थयो । 


एक दिनको कुरा हो नेपालीहरुको महान चाड दिपावलीको काम सघाउन उनी आफ्नो मालिकको गर जानुभयो । जाने बेला उनी मलाई कहिकुरा नभनि गइन । म सपना गएको बाटो हेरि रहे, मलाई केही थाहा थिएन उनी काहाँ गएहोलिन भनेर सोचिरहेको थिए त्यही बेला एउटा साथी आएर मलाई भने कि सपना तिमिलाई केहिकुरा भनिन ? म भने नाई मलाई केही भनेकि छैनिन् । फेरि साथीले भने सपना आज राती आठ बजे नेपाल जाँदैछिन आफ्नो मलिक संग । यो कुरा सुनेर मलाई साह्रै नराइलो लाग्यो । म केही सोच्न सकिरहेको थिएन । के गरु कसो गरु भैरहेको थियो । काम रगेर सकेपछि हात मुख सफा गरिरहेको बेला सपनाको फुफु धारामा आउनुभो र मलाई भन्नु भो । भाइ तिमी किन निरास देखिदैछौ हुँ ? सपनाले तिमिलाई केही भनेन र ? नाई दिदी केही भनेकि छैनिन । फेरि उहाँले भन्नुभो कस्तो केटि हो बन्नु त पर्ने हो । तर चिन्ता नगर भाई उ आफ्नो मालिक संग गाउँ जाँदै छ । म उहाँ को कुरा बिचमा कात्दै भने दिदी मैले सुको थिए कि सपना आफ्नो मालिक संग गाउँ गइन रे । उहाँले भन्नु भयो उ गाउँ गएको छैन उ त दुई तीन दिनको लागि मालिकको घर गएको छ दिपावलीको काम गराउन । म उहाँ संग धेरै नै प्रस्न सोधे पछि उहाँ ले भन्नु भयो । भाई चिन्ता नगर्नु सपना आइहाल्छे, सपना केवल तिम्रो हो तिम्रै हुन्छे । उ पनि तिमी बिना काहाँ बाच्न सक्छे र । 




त्यस पछि मन सान्त भयो र काम गर्न मन लाग्यो । दिपावलीको दिन थियो कम्पनीमा विभिन्न रंगका कागजका पतंगहरु सजाएका थिय । एक तिर मान्छेको भिड पनि उतिकै थियो । त्यही बेला दिपावलीको उपहार बाड्ने कार्यक्रम चलिरहेको थियो । त्यहि बेला सपना आएको खवर पाए म हतार हतार गरेर सपना लाई खोज्न लागे । खोज्ने क्रममा छतमाथी एक्लै बसिरहेको सपना लाई पाए । पहिले जस्तै हामी एक साथ बसेर मनका कुरा गर्न थाल्यो । कुरा गर्दैजाँदा सपना अचानक रुन थालिन । उनी रुंदै भनिन अमृत म मलिकको घर अब किहिलै जाँदिन । मैले कि र के भयो भनेर सोधें । उनी रुदै भनिन अमृत उहाँ मलाई न सुत्ने समय न काने कामै काम । जाँदा खेरि तिमीलाई एक शब्द पनि भन्न पाएन रात दिन तिमीलाई सम्झि रहन्थे । मलाई माफ गर अमृत भन्दै उनी रोइन । हामी एक आपसमा रमाउँदै गयों । हाम्रो यामा झन झन गाढा हुँदै गयो । 


एक दिनको कुरा हो । सपानकी आमा लाई थाहा भैसकेको थयो कि सपना म संग लागेको छ भनेर । बिहान आठ बजेको कुरा हो । म काम गर्न तल आई सकेको थिए तर  सपनाकि आमा उनी कहिले तल आउछिन भनेर काम गरिरहेकी थिइन । सपनाकि उनलाई नराम्रो संग गाली गरेर पिटकि रहेछिन् । बुवा संग पनि सपना पिटाई खाएकि रहेछिन । मलाई नरमाइलो लागिरहेको थियो सपना काममा नआएपछि । लन्च पछि खाना खाएर म सपनाको कोठामा गए । सपना सुति रहेकि थिइन । म भने सपना आज के भो तिमिलाई बोलाउँदा नि बोल्दै नौ । बोल्नु न के भो भन्दा खेरी उनी आमा बुवाले नराम्रो संग पिटेको कुरा सुनाइन । सपना भनिन मलाई आज आमा बुवाले पितिरहेको बेला मलाई बचाउन किन आएनौं । सपनाको कुरा मलाई मन परेन किन कि छोरी लाई सहि बाटो देखाउने आमा बुवाको कर्त्बय हो भनेर मन मनै सोचे । तर म सपना लाई भने "हेर सपना तिमी आमा बुवा हेला गर्छन् भनेर नसोच्नु । यदि तिमी मलाई साथ दिन्छौ भने तिमीलाई पक्कै आफनो आमा को बुहारी बनाउने छु । यो हाम्रो मायालाई कसैले रोक्न सक्दैन । मेरो कुरामा सहमत जनाउँदै सपना भनिन अमृत म र तिमी एक ठाउँमा कुरा गरिरहदा मेरो आमा बुवा आउँदा किन भग्छौ ? अबदेखि न भाग्नु ल अमृत पिलिज अब नदराउनु भनेर सपना भनिन।




हाम्रो माया चलिरह्यो । लुकिछिपि हाम्रो भैरह्यो एक छिन नदेख्दा सुनसान लाग्थ्यो । म कोठा बाट बाहिर निस्केको बेला सपना लुकेर हेर्ने गर्थिन । यो देखेर मलाई एउटा गितको याद आउँथ्यो । लुक लुक हेर्ना छैलिहे देख्नु बरासुघ्घुर । म यहि गित गाउँदै उनिलाई जिस्काउने गर्थे । उ भन्ने गर्थिन उसो भए कहिले मलाई उराएर नेपाल लैजाने हो । म भन्ने गर्थे चिन्ता नगर छिटो भन्दा छिटो  तिमिलाई नेपाल लैजाने छु । 


मेरो तीन महिना पछि नेपाल जाने पक्का थियो । अब मलाई सपना देखि टाढा हुने कुरा मन बाट हतिसकेको थियो । किन कि सपना र मेरो मायाको चर्चा सबै तिर फैलि सकेको थियो । तर सपना लाई म माथी पूरा बिश्वास थिएन । उनी भन्ने गर्थिन अमृत तिमी नेपाल गए पछि मलाई बिर्सि दिन्छौ है मलाई धोखा दिन्छौ जस्तो लाग्छ । तर म भने सपना तिमी यस्तो नराम्रो कुरा नसोचे पनि हुन्छ । हाम्रो नेपाल जाने दिन पनि आईसकेको थयो । नेपाल आउने रात बाटोमा खाने कुरा सपनाले तयार गरिदिइन । हामी सबै जना आ-आफ्नो समान तयार गरि झोला तयार गर्यो । राती चार बजे निस्कनु थियो । म हाथ मुख धोएर र सपना पनि आइन र म भने सपना मलाई पठाउन सब पर्क सम्म आउ है । सपना भनिन् तिमिलाई पठाउन जान्छु भनेर त यति राती उठेको छु । 


हामी सबै जना आ-आफ्नो झोला लिएर बाटो तिर लाग्यो र मेरो एउटा झोला सपना लिएर बाहिर निस्किन । म पनि एउटा ठुलो झोला बेग लिएर बाहिर आए । सबै साथीहरु अगाडि अगाडि गइरहेका थिए । सपना र म पछाडि पछाडि आफनो मनको कुरा गर्दै हिडिरहेका थियो । कुरा गर्दै जाँदा हामी बस पर्क पुग्यों  र छुतिने बेला म सपना लाई भने राम्रो संग बस्नु ल म केवल तिम्रो प्रतीक्षा मा बस्नेछु । सपना भनेकि थिईन अमृत माघिमा न जाउ बरु नयाँ साल मा संगै जाउँला भनेर । तर मेरो घरको जरुरी कामले सपनालाई छोडेर आउनु पर्यो । हामी बिडाईको हात हल्उदै बिदा भयों र हाम्रो नेपालको यात्रा सुरु भयो । तीन दिनको लामो यात्रा पछि हामी नेपाल पुग्यो । बाटो मा भाई लिन आएको थियो हामी कुरा गर्दै घर पुग्यो । घर पु पछि मलाई धेरै नराम्रो लाग्यो किन कि घरको समस्या धेरै देखे । यता घरको समस्याले नराम्रो लाग्थयो उता सपनाको माया याद । दिनहरु बित्दै गयो सपनाको याद र मायाले सतायो । त्यही यादले कुनै खाने कुरा खान मन लाग्थेन । गाउँ घरमा बिहे भएको देखेद मन जल्ने गर्थ्यो । म सोच्ने गर्थे यदि हामी घर अलग नभएको भए बुवा आमाले बुहारी ल्याउनु हुन्थ्यो । तर सपनाको भने अनसार बैसाख घर आउने थियो । उनि आउने प्रतीक्षा मा बसे दिन हप्ता महिना गन्न लागे । 




एक दिन सपनाको फोन आयो । उनी भनिन अमृत अब हामी नेपाल जाँदैनौ चार पाँच बर्ष पछि नेपाल आउँछौ भनिन तर अमृत तिमी चिन्ता नलिनु म तिम्रै नै हुन्छु जति साल गए पनि तपाईं बाहेक कसैलाई यति धेरै माया गरेको थिएन र गरको पनि छैन । अमृत बिश्वास गर्नु तिमी मेरो म तिम्रो म अरु कसैलाई चाहेको पनि छैन । गर्छु भने तिमी संग बिहे गर्छु नभए कसै संग गर्नेछैन् बिश्वास गर्नु अमृत । म भने सपना तिमी चार पाँच बर्ष पछि आउँछौं भने मलाई त एउता केटी ल्याउन अती जरुरी छ । किन कि घरमा काम गर्ने मान्छे छैनन् आउछौ भने आउ मैले भने । सपना भनिन अमृत तिमीलाई बिश्वास छैन ? नभए तपाईं मलाई लिन आउ है । तर कसरी जाउँ बुवा यो कुरा सहमति हुनुभएको थिएन । बुवाको भनाई अनुसार आउछन भने घरमा ल्याउन नभए तिमी उनी भएको ठाउँमा जान पाउँदैनौ, बुवाले मलाई भने । बुवाको यो कुरा मलाई राम्रो लाग्यो म सपना लाई भने म तिमीलाई लिन आउदैन तर तिमी आएपछि बिहेको कुरा गर्छौ ल....। 

तिम्रो परखाई मा । 

आशा

एक टिप्पणी भेजें

0 टिप्पणियाँ