Subscribe Us


 

जीवन संघर्षको सागर

 मुटु भित्र सपनाहरु सजाएर के गर्ने 

आफुले अाहेपछि लजाएर के गर्ने ।।


बिग्रिएको मन घरिघरि रोई दिएपछि

फुतेको बासुरी बजाएर के गर्ने ।


आफुले अाहेपछि लजाएर के गर्ने

मुटु भित्र सपनाहरु सजाएर के गर्ने ।।



जीवन संघर्षको सागर



प्रिय साथी,

सर्वप्रथम त मरो तर्फ बाट यो माया रुपि अटो डायरी मार्फत सम्झना का कोसेली हरु ल...।


जिवनका कुरा


प्रिय साथी, 

तिम्रो यो अटो डायरी को सेतो पाना मा कालो मसिले रंगाउन पाउँदा अती नै खुशी भएको छु । किन कि समय परिस्थितिले गर्दा जुन अवस्थामा छु त्यो सब बिर्सेर बिगतलाई स्समरन गराउन चाहन्छु । हामीलर प्रथमिक स्कुल पढ्ने क्रममा कक्षा पाँच कि साथी ललिता संगै बन्न पुगे पुगे । यसरी संगै खेल्ने स्कुल जाने, घर आउने फेरि गाउँमा संगै खेल्ने यो सब सम्झेर यस्तो लाग्छ कि हाम्रो मिलन यसरी ने रहोस । समय र परिस्थितिको कारणले बिस्तारै हामी ठुलो हुँदैगयो । हाम्रो मिलन बिछोडिन पुगे के गर्ने समयले साथ दिदैन । समय र परिस्थिति ले कति खेर कहाँ पुगाई दिन्छ पतै हँदैन । 





समयले आज मेरो जिवनमा यस्तै मोड ल्याइदिएको छ के गर्नु । जिवनमा एउटा  महत्वपुर्ण कुरा आउँछ त्यो हो विवाह, मानव जातिमा नभई नहुने कुरा हो विवाहा । विवाहले हामी लाई अपरिचित साथी संग एउटा संधैको साथी बनाई दिन्छ। मानव जीवन पाएपछि एक न एक दिन हामीले विवाह गर्नुपर्छ । यसरी जिवन हरेक मोड लिए पनि विवाह चाहीं गर्नै पर्दोरहे छ । 


स्कुल को जीवन 


प्रिय साथी, 

सबैलाई मन पर्ने पल नै वद्यार्थी जीवन हो । यो पल धेरै रमाइलो हुन्छ अनि धेरै कष्टपुर्ण अवस्था हो । विद्यार्थी जिवनमा अनेक किसिमका ज्ञान गुनका कुराहरु सिक्न पाईन्छ । हामी सानो छंडा माहीलाई स्कुल पुगाउन आमा बाबा जानुहुन्थ्यो । समय संगै अहिले हामी यो अवस्था मा पुगेगा छौं । यसरी सिक्ने र सिकाउने क्रम चलिनै रहन्छ । अहिले हामी सिकि रहेका छौं र सिका कुरा ज्ञान गुनका कुरा अरुलाई सिकाउनु पर्छ नत्र भन्छन् पाप लाग्छ । यसरी नै हाम्रो विद्यार्थी जीवन बाट शिक्षक को जीवन आउने छ । 




मिलन बिछोड


प्रिय साथी,

समय र परिस्थितिले कहिले रुवाउँछ त कहिले हंसाउँछ । कहिले मिलन त कहिले ताढा पुगाई दिन्छ । अपरिचित संग परिचित र परिचित संग बिछिड गराई दिन्छ । साथी बनाउनु असल न भनौ साह्रै असल कुरा हो । संसार मा  जिउन को लागि एउटा भएनी साथी चाहिन्छ नै । साथी पाउने भाग्यमानी मान्छे हो किन भने साथी भनेको जीवन दोस्रो अंग हो  । हामी हरेक पल साथी चाहिन्छ । सु:ख-दु:ख र अप्थेरो परेको बेला हामी साथी सम्झनछौं । असल साथी बनाउन र चिन्न समय लाग्छ । यसै कारण साथी भनेको नै हाम्रा हाँम्रा हाँथ खुत्ता हुन । 


सौन्दर्य सौगाट 


बगैँचा मा फुल फुलेर मात्र हुदैन 

त्यहाँ नवीन किलहरु पनि हुनुपर्छ ।

हिमालमा हिंउ परेत मात्र नदि बग्दैन

त्यहाँ अनेक नौलाख किरणले अंकमाल गर्नुपरछ ।

पहाडमा झर्ना खहई झरेर मात्र हुँदैन 

साथमा माछा र जल प्राणी खेलेको हुनुपर्छ । 



बनकुन्ज हरिणले भरिएर मात्र हुदैन 

कोईलीले मीठो धुन बजाएको हुनुपर्छ । 

कोइलीले गाएर मात्र, गित मीठो हुँदैन 

सुन्ने मीठो रुचि गरि रमाई दिनुपर्छ ।

आकाश केवल निलो भएर मात्र हुदैन

सेतो र कालो बादलले रंगाई दिनुपर्छ ।

घर मात्र सुन्दर र रमाईलो भएर हुदैन

सान्ती समृध्दी र पानीदार हिराझैं हुनुपर्छ । 



आँगनमा केवल नातासम्बन्ध भएर हुदैन

माय मोह स्मृतिको पनि बास हुनुपर्छ ।

शरिर मात्र सुन्दर लकदार भएर हुदैन

चरित्र पनि सफा पबित्र हुनुर्छ ।

आफुमात्र सफा र राम्रो लगाई हुदैन

परिवालाई पनि स्वस्थ बनाएकै हुनुपर्छ ।




अन्तिम शब्द


जो आगो बिना नै जल्छ, त्यसलाई मुटु भन्छन् ।

जो पानी बिना बग्छ, त्यसलाई भावना भन्छन् ।

जो बोट बिना फुल्छ, त्यसलाई प्रेम भन्छन् ।

जो स्पर्श बिना चोरिन्छ, त्यसलाई मन भन्छन् ।

जो बादल बर्सिन्छ, त्यसलाई आँसु भन्छन् ।


प्रिय साथी,

रमाईलो फुलेको अर्थ खोजिन्छ । एउटा समाजिक नियम हो । माया पिरति  कुनै धन सम्पि बिना नै हुने चिज हो । त्यो सिमित ठाउँमा जीवन अनेक मोड लिएपनि अाफ्नो भाग्यले साथ दियो त्यो नै सफलता को प्रतीक हो । मानव जिवनमा धेरै काम गर्न सक्नुपर्छ र राम्रो जीवन पनि हो । यो जिवनमा सबै चिज लाज माया संवेग हुन्छ । त्यसैले हामी कस्तो कस्तो ठाउँमा कस्तो कुरा गर्ने, कसलाई मायाबगर्ने र कसरी संवेग निकाल्ने सबै कुराहरु हामीले सोच बिचार गरेर गर्नुपर्दछ । मानव जातिमा धेरै नीति नियममा बाड्नुपर्छ । बाड्नौ भने त्यो नराम्रो बटो तिर गएर मानव सृष्टि उद्धार गर्छ । असल मान्छेले खराब मान्छेलाई सिकाउनु मानव जातिको नियम र कर्तब्य पनि हो । यसैले समयको गतिले गर्दा कतिखेर कहाँ बाट कहाँ पुगाई दिन्छ । त्यसैले जीवन संघर्ष नै संघर्षको सागर पनि हो । 



जीवन एउटा फुल हो बगैँचा मा फुलीदिनु ।

जस्तो समय परेपनि साथी भएर बाँचीदिनु ।


यति भन्दै कलमलाई यहि विश्राम गर्न चाहन्छु र कहि कतै शब्दहरु गल्ती भएमा सच्याई दिनुहोला ल.... । धन्यवाद! 


म उहीँ तिम्रो साथी - सागर 

एक टिप्पणी भेजें

0 टिप्पणियाँ