Subscribe Us


 

जिन्दगीको यात्रामा

 सर्वप्रथम त नमस्ते अनि हृदय देखिनै अबिरल माया र छोटो जिन्दगीको लामो सम्झना अनि लाखौ लाख शुभकामना सम्पुर्णमा !


जिन्दगीको यात्रामा



पाठक साथी मित्र खास कुनै महगो उत्कृस्ट शब्द नभएपनि सम्बोधन गर्न उहीँ पुरानो खिया लाग्न लागेको शब्दहरु अाज फेरि मोबाईलको स्क्रिनमा आँउलाको माध्यम बाट मुतुभित्र घच्घच्याईरहेका भावनालाई प्रस्फुतित  गर्दछु ।  


साथी सायड मानव जिन्दगी भनेकै यस्तै होला कहिले हाँसो खुशि आनन्द र रमाइलो गर्दै साथी भाइहरु संग समय बिताइन्छ तर एक दिन बछोड् भएपछि ती सबै पलहरु केवल सम्झना मा समुन्द्रका छाल जस्तै मछारिछन् । र उहीँ समझ्ना बाट मनका भवनाहरु कहानिको रुपमा परिवर्तन हुन्छ । जिवनका तिटामिठा कुरा र हाँसे खेलेका पल सबै लेख्न र सुनाउन मन लाग्छ । यो समयमा यस्तो लाग्छ कि जिन्दगी यहि हो । तर जिन्दगिमा कहिले अचानक आँशुको वर्षा हुनपुग्छ हुन्छ । यो समय यस्तो लाग्छ कि जिन्दगी बेर्थ हो । 




तर मित्र जब जीवन मा दु:क नभएको भए सु:खको केही महत्वने हुने ठिएन किन कि दु:ख को समय गएपछि आनन्दको महसुस हुन्छ । दु:ख ले नै असंख्य ठुला कामहरु सफल तुल्याउने आँट लयाइदिन्छ । जब दु:ख आउँछ त्यस पछि सु:ख आउने निस्चिट छ । 


जसरी कहिले छायाँ त कहिले कहिले घामको चक्र चलिरहन्छ त्यसरी नै जिवनमा पनि सबै कुराको चक्र चलिरहन्छ । हामी सोच्छौं संधै भरि सफल्टा मिलोस दु:ख नआओस, आँशु झार्न नपरोस तर यो सब हाम्रो चहना मात्र हो । हाम्रो सोचे जस्तो हुँदैन तथापि यो कथोर जिन्दगीको यात्रामा जसरि तसरी बाङ्गा तिङ्गा बाटाहरुमा बिस्तारै बिस्टारै आफ्नो पाईला बढाउनुपर्छ ।

 



दु:ख अंगालो मा बाधेर हिंड्नुपर्दोरहेछ । कहिले शिखर तर्फ लम्किएका पाइलाहरू चट्टानमा पनि ठोक्किन पुग्छन् । त्यसबेला आफुलाई सन्टवाना दिदै बस्न विवस भइन्छ जिन्दगीको यात्रा भनौकि प्रकितिको नियम भनु मानव जन्म लिएर आएपछि अनेकौ घटना र परिस्थितिको सामना गर्नुपर्दो रहर छ । कहि उज्यालो त कहि अध्यारो अनि कतै शुशीको बहार त कतै दु:ख र वेदनाको झरी ती सबैलाई एकसाथ संहदै  समना गर्दै अगादि बढनुपर्ने जिन्दगीको बादद्यता रहेछ ।

- विवस 

एक टिप्पणी भेजें

0 टिप्पणियाँ